ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने  « Khabarhub

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता हुने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । 

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ । 

होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था रहेको छ । 

यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ रहेको छ । 

खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको हो । 

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : २८ बजे

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई ?

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी