साग पुरुष भलिबल–आज नेपाल भारतसँग खेल्दै « Khabarhub

साग पुरुष भलिबल–आज नेपाल भारतसँग खेल्दै


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ ।

खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने भारतले बंगलादेशमाथि सोझो सेटमा जीत हात पारेको थियो ।

बुधबार बेलुका भएका भएको नेपाल र बंगलादेशबीचको खेल रोमाञ्चक भएपनि घरेलु टोली पराजित भएको थियो ।

बंगलादेशमाथि ३–० को जित हात पारेको भारत उच्च मनोबलका साथ मैदान उत्रिनेछ भने नेपाल भारतसँग सजगताका साथ मैदान उत्रिने लक्ष्यमा छ ।

भारतसँगको खेलका बारेमा नेपालका कप्तान इम बहादुर रानाले आफुहरु जित्नका लागि नखेले पनि भारतसँग राम्रो खेल्ने योजनामा रहेको बताएका छन् ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने न्युनछ । बंगलादेशसँग पराजय भोगेको नेपालले भारतलाई पराजित गर्न सके सेमिफाइनल पुग्नेछ ।

यस्तै, शुक्रबार पुरुष तर्फ दोस्रो खेल सात बजे श्रीलंका र माल्दिभ्ससँग खेल्नेछ । महिला तर्फ शुक्रबार पहिलो खेल दिउँसो १ बजे भारत र बंगलादेशबीचको हुनेछ भने दोस्रो ३ बजे श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : १० बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो