झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध « Khabarhub

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच जना सदस्य रहेको परिवारलाई तीन हजार ५०० शुल्कबापत न्यूनतम् एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बीमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बीमाको दायरामा समेटिएका छन् । यसमा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआइभी सङ्क्रमित, तीन हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयम्सेविका लगायत लक्षित तथा संवेदनशील वर्गसमेत समावेश छन् ।

बीमामार्फत निःशुल्क उपचार सेवा प्रवाह गर्न जिल्लामा पाँच वटा आँखा अस्पताल, सात वटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिए ।

जिल्लाका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकामा कूल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध देखिएका छन् । दमकमा बसोबास गर्दै आएका भूटानी शरणार्थीसमेत बीमामा समेटिएकाले त्यहाँ आवद्धता दर अपेक्षाभन्दा बढी देखिएको हो ।

त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई पालिकामा बीमामा आवद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ । तर, सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमामा आवद्ध छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति अतिरिक्त सदस्य ७०० प्रिमियम शुल्क तोकिएको छ । यसरी सदस्य थपिएका परिवारले अधिकतम् दुई लाखसम्मको निःशुल्क उपचार सुविधा पाउने व्यवस्था बोर्डले गरेको छ ।

पछिल्लो समय बीमा सेवाको उपयोग र दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले केही कडा प्रावधान लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवामा वार्षिक अधिकतम् २५ हजारसम्म मात्र खर्च गर्न पाइनेछ भने बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता गम्भीर तथा अत्यावश्यक सेवामा मात्र उपयोग गर्न सकिनेछ ।

स्वास्थ्य बीमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । साथै, यही मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बीमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै नागरिक एप’मा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १० : ०१ बजे

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

गण्डकी– सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

झापा– झापा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने नागरिकको सङ्ख्या

विपत्तिमा परेर ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन– गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

कास्की– कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ

ऊर्जामन्त्रीबाट विभिन्न आयोजनाको अनुगमन

गण्डकी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल