कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश « Khabarhub

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली फाइनलमा प्रवेश गरेको छ ।

महिला बास्केटबलतर्फको (थ्री अन थ्री) विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको हो । यहाँस्थित प्रदेश रङ्गशालामा आज भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबलाई ११–१० अङ्कले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपिएफलाई एक अङ्कले पछाडि पार्दै फाइनल यात्रा तय गर्यो ।

फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ । कर्णालीको उक्त सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले महिला टोलीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : ५९ बजे

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको

नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा सात जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको नाइजर राज्यमा गाउँमाथि सशस्त्र समूहले गरेको आक्रमणमा