आस्था राउतको सांगीतिक एल्बम् 'आधार २' सार्वजनिक | Khabarhub Khabarhub

आस्था राउतको सांगीतिक एल्बम् ‘आधार २’ सार्वजनिक


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फरक खालका गीत गाउने गायिकाको परिचय बनाएकी आस्था राउतले सांगीतिक एल्बम् ‘आधार २’ बजारमा ल्याएकी छिन् । एल्बमलाई बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरियो ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बुबा हरिबहादुर राउत र आमा सावित्री राउतले एल्बम् विमोचन गरे ।

‘आधार २’ मा ‘नाकैमा फुली’, ‘झलझल गर्ने कम्पनी माला’, ‘राम साइली’, ‘सीमाना’, ‘को छ यहाँ’, ‘हवाईजहाजको टिकट’, ‘दशैं आयो तिहार आयो’ गरी ७ गीत समावेश छन् । गीतलाई डिजिटल प्लेटफर्म साउन्ड क्लाउड र युट्युबमा सुन्न सकिन्छ ।

एल्बममा पर्व, संस्कृति, देशप्रेम तथा प्रेम भावका गीतहरू समावेश गरिएको छ ।

बिहीवार आयोजित कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो समेत सार्वजनिक गरियो । उक्त गीतमा आँचल शर्मा र महेश खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यसअघि आस्थाले बजारमा ल्याएका गीत ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ लगायत खुबै चर्चित छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार