सुनसरी– प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट १४ दशमलव ०७ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र सोही स्थानका २४ वर्षीय रोहन पोदार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झुम्का बजारमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषध, मोटरसाइकलसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र बहादुर खड्काले जानकारी दिए ।














प्रतिक्रिया