राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक « Khabarhub

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो । विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए ।

नेता श्रेष्ठका अनुसार, पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

नेता श्रेष्ठका अनुसार, पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन् ।

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १० : ५३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल

राप्तीमा धान खरिद सुरु

दाङ– दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

एजेन्सी– अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटाको