भारततर्फ नेपालको निर्यात बढ्यो « Khabarhub

भारततर्फ नेपालको निर्यात बढ्यो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारततर्फ नेपालको निर्यात बढेको छ । चालू आवको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो । नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ ।

चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ । गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा रु सात खर्ब ६४ अर्ब ३० करोड थियो । चालू आवमा चीनतर्फ १९ दशमलव नौ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म भारततर्फ रु २७ अर्ब १७ करोड बराबर निर्यात भएको हो । भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ भने चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

तीन महिनामा कूल वस्तु आयात १० दशमलव शून्य तीन प्रतिशतले घटेर रु तीन खर्ब ३४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव शून्य छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव शून्य दुई प्रतिशत र १९ दशमलव शून्य एक प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११ दशमलव शून्य छ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

आव २०७६/७७ को तीन महिनासम्ममा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले सङ्कुचन भई रु तीन खर्ब सात अर्ब ७८ करोड रहेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव शून्य एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव शून्य चार प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : १५ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि