पेट गडबढ भयो ? त्रिफला पानी पिउनुस् « Khabarhub

पेट गडबढ भयो ? त्रिफला पानी पिउनुस्


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन ।

यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन् । त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ । विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो ।

यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाना खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन ।

खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।

चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केहि सामान्य घरेलू उपचार अपनाई हरेक बिहान ताजा महसूस गर्नुहोस् । कब्जियतको समस्या बाट मुक्ति पाउन के गर्न हुने र राती के गर्न नहुने यस्ता छन्, उपायहरू जानिराखौँ ।

के गर्न हुने

माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

दुधमा २र३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मचा घिउकुमारीको जेल घोलेर पिउनुहोस् ।

खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

के गर्न नहुने

खानामा धेरै मैदा र जंक वा प्रोसेस्ड फूड खानु हुँदैन । यसमा फाइबर हुँदैन जसले कब्जियतको समस्या हुन सक्छ ।

धेरै राती सम्म धुम्रपान र मध्यपानको सेवनले शरीरमा पानीको कमी भई कब्जियत हुन सक्छ ।

राती ढिलो चिया वा कफीको सेवनले पाचन प्रक्रिया खराब हुन् सक्छ । जसले गर्दा कब्जियतको समस्या देखा पर्छ ।

आइरन र क्याल्शियम सप्लीमेन्ट्स राती लिनु हुँदैन । यसको कारणले कब्जियतको समस्या हुन सक्छ ।

धेरै मात्रामा डेरी प्रोडक्ट लिनु हुँदैन । यसको सेवनले धेरै मानिसलाई कब्जियत र पेटमा ग्याँस बन्ने समस्या हुने गर्छ ।

कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ३१ बजे

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न