माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने « Khabarhub

माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा विभिन्न नौ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा आयोजनाका प्रवद्र्धकसँग दातृ निकायहरुले द्धिपक्षीय सम्झौता गरेका हुन् ।

नेपालको जलविद्युत् आयोजनामा अन्तर्राष्ट्रिय दातृ निकायहरुको यो सबैभन्दा ठूलो लगानी हो । कुल २१६ मेगावाट क्षमताको यस आयोजनाको लागत निर्माण अवधिको ब्याज समेत गरी कुल ६४ अर्ब ७३ लाख रुपैयाँ अनुमान गरिएको छ ।

आयोजना निर्माणका लागि कोरियाली लगानीकर्ताले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट नामक कम्पनी स्थापना गरेको छ । आयोजना २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा कोरिया साउथ वेस्ट पावरको ५२ प्रतिशत सेयर स्वामित्व छ । आम कोरियाली लगानीकर्ता समेत उसको सेयर हिस्सा ७८ प्रतिशत छ भने नेपाली साझेदारको १० प्रतिशत र आईएफसीको १२ प्रतिशत हिस्सा छ ।

नौ निकायहरुले यस आयोजनामा कुल ४५ करोड ३२ लाख अमेरिकी डलर अर्थात ५१ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न लागेका छन् । सम्झौता अनुसार आइएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एशियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात आयात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।

त्यसैगरी, सीसीडी ग्रुपले २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इस्टिच्युशनले १ करोड १० लाख, अन्तर्राष्टिय विकाकसका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर ऋण लगानी गर्नेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ४१ बजे

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध