माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने « Khabarhub

माथिल्लो त्रिशुली जलविद्युत् आयोजनामा ९ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा विभिन्न नौ वटा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा आयोजनाका प्रवद्र्धकसँग दातृ निकायहरुले द्धिपक्षीय सम्झौता गरेका हुन् ।

नेपालको जलविद्युत् आयोजनामा अन्तर्राष्ट्रिय दातृ निकायहरुको यो सबैभन्दा ठूलो लगानी हो । कुल २१६ मेगावाट क्षमताको यस आयोजनाको लागत निर्माण अवधिको ब्याज समेत गरी कुल ६४ अर्ब ७३ लाख रुपैयाँ अनुमान गरिएको छ ।

आयोजना निर्माणका लागि कोरियाली लगानीकर्ताले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट नामक कम्पनी स्थापना गरेको छ । आयोजना २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा कोरिया साउथ वेस्ट पावरको ५२ प्रतिशत सेयर स्वामित्व छ । आम कोरियाली लगानीकर्ता समेत उसको सेयर हिस्सा ७८ प्रतिशत छ भने नेपाली साझेदारको १० प्रतिशत र आईएफसीको १२ प्रतिशत हिस्सा छ ।

नौ निकायहरुले यस आयोजनामा कुल ४५ करोड ३२ लाख अमेरिकी डलर अर्थात ५१ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न लागेका छन् । सम्झौता अनुसार आइएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एशियाली पूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात आयात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।

त्यसैगरी, सीसीडी ग्रुपले २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इस्टिच्युशनले १ करोड १० लाख, अन्तर्राष्टिय विकाकसका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर ऋण लगानी गर्नेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ४१ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले