बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै « Khabarhub

बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुँदै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघ (एनबीबीएफए) ले बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राजधानीमा आज (बुधबार) संघले पत्रकार सम्मेलन गरी प्रतियागिता जुन २० देखि २३ सम्म आयोजना हुने जानकारी दिएको हो । दक्षिण एसियाका ८ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउने छन् । आयोजक एनबीबीएफएले विभिन्न तौल समूहका गरी १३ विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

नेपाल प्रतियोगिताका लागि न्युट्रल भेन्यू रहेकाले सम्पूर्ण दक्षिण एयिाली राष्ट्रहरुले सहभागिता जनाउने एनबीबीएफएका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । “नेपाल सार्क मुलुकहरुको न्युट्रल भूमि भएकाले सबैसँग छलफल गरेर प्रतियोगितामा सहभागिता हुने जानकारी गराएका हौं,” श्रेष्ठले भने ।

मिति घोषणा कार्यक्रममा वल्र्ड वडीविल्डिङ एन्ड फिजिक्यु स्पोट फेडेरेसनका सदस्य सचिव तथा एसियन वडीडिविल्डिङ एन्ड फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चाउको समेत सहभागिता रहेको थियो ।

चाउले नेपालले गरिरहेको प्रतियोगिताको तयारीमा आफू सन्तुष्ट रहेको बताए । उनले आफू पहिलो पटक आएको र नेपाल निकै सुन्दर भन्दै प्रशंसा पनि गरेका थिए । प्रतियोगिताको अनुमानित लागत ४० लाख रहेको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा झण्डै १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ भने नेपालबाट बैशाख २० र २१ गते काठमाडौंमा आयोजना हुने सातौं मिस्टर हिमालयका विजेता छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ५३ बजे

रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू)

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन अन्तर्गत

शिक्षकको रित्तो हात बिदाइ : राज्यको विभेदकारी ऐना

एउटै छानामुनि, एउटै घण्टीको आवाज र उस्तै खालका बालबालिकाहरूलाई पढाउने

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक