भारतमा लाखौं लुटेर फरार भएका नेपाली युवक दाङबाट पक्राउ | Khabarhub Khabarhub

भारतमा लाखौं लुटेर फरार भएका नेपाली युवक दाङबाट पक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।

मजदुरीका लागि भारत गएको बेला लुटेर ल्याएको भारतीय रुपैयाँसहित घोराही उपमहानगरपालिका–१२ टिकरीका विशाल भनिने गोकर्ण बहादुर विक पक्राउ परेका हुन् ।

भारतको हरियाणा राज्यको चरसीदादरीमा घरेलु कामदारका रुपमा काम गर्ने विकले भारतीय रुपैयाँ लुटेर भागेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट ५ सय दरका १८ सय थान, २ सय दरका १ हजार ५ सय ९९ सय थान, १ सय दरका १ हजार ५ सय ९९ थान, ५० दरका २ सय थान र १० दरका १ सय ४७ थान गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँ बरामद भएको हो ।

यस्तै उनले नेपाली रुपैयाँमा सटही गरेको ७७ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न