पिँडालु मनपर्छ ? फाइदाबारे पनि जानिराख्नुस् « Khabarhub

पिँडालु मनपर्छ ? फाइदाबारे पनि जानिराख्नुस्


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालमा सिजन अनुसार विभिन्न किसिमका तरकारी तथा फलफूलहरु पाइन्छ । अहिले पिँडालुको सिजन हो। गाउँघरमा पिँडालु सबैको घरमा पाइन्छ । शहरबजारमा पनि पिँडालु बेच्न राखिएको देख्नु भएको होला ।

पिँडालुलाई आलु, मुला, साग गेडागुडी लगायतका तरकारीहरुमा मिसाएर पकाउने गरिन्छ । पिँडालु तरकारीको रुपमा मात्र होइन, पोलेर तथा उसिनेर पनि खाजाको रुपमा खाने गरिन्छ । पिँडालुलाई दालमा हालेर पनि खाने गरीन्छ । पिँडालु कन्दमूल वर्षमा पर्ने रेसादार खानेकुरा हो ।

पिडालु हालेको तरकारी बाक्लो र मिठो हुन्छ । त्यसैले पनि पिँडालु धेरैले मन पराउछन् । पिँडालु खादा मिठो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पायल्स, शारीरिक कमजोरी आदिजस्ता समस्याका लागि यो लाभदायक छ।

पिँडालु फाइबरको राम्रो स्रोत हो। यसमा म्यागनिज, भिटामिन बी, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ। यी तत्त्व मानव शरीरका लागि लागि निकै उपयोगी छन्।

पिँडालुले रगतमा सुगरको माात्रालाई नियन्त्रण गर्छ। पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लाभदायक छ। यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मुटुरोगको जोखिम कम हुन्छ।

पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात् क्यान्सरको सम्भावना घटाउँछ।

पिँडालुमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ। साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ। त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ०६ बजे

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र