नेपालले जित्यो सागमा ४ स्वर्ण | Khabarhub Khabarhub

नेपालले जित्यो सागमा ४ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औ‌ं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ०४ बजे

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं– तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका