सिम्रिक एयरले थप २ वटा हेलिकोप्टर ल्याउँदै « Khabarhub

सिम्रिक एयरले थप २ वटा हेलिकोप्टर ल्याउँदै


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिम्रिक एयरले आफ्नो उडानमा दुईवटा नयाँ हेलिकोप्टर थप्ने तयारी पूरा गरेको छ । सिम्रिकले अमेरिकी निर्माता एयरबस हेलिकोप्टरले निमार्ण गरेको एएस ३५० बी को २ वटा हेलिकप्टर थप्न लागेको हो ।

सिम्रिक एयर र एयरबस हेलिकोप्टर कम्पनीबीच अमेरिकामा गत १२ साउनमा यससम्बन्धी सम्झौता भएको थियो । कम्पनीका अध्यक्ष रामेश्वर थापा र एयरबस प्रतिनिधीबीच दुईवटा हेलिकोप्टर थप्ने बारेको सम्झौता भएको थियो ।

सिम्रिक एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नयाँ हेलिकप्टरले सिम्रिक एयरको बजार विस्तारमा सहयोग गर्नुको साथै संचालन क्षमता समेत अभिवृद्धि गर्ने छ ।

हाल सिम्रिक एयरले ५ जहाज ताथ हेलिकप्टर संचालन गरिरहेको छ । नयाँ हेलिकोप्टर ल्याएसँगै सिम्रिकसँग जहाज र हेलिकोप्टरको संख्या ७ हुनेछ ।

सिम्रिकको हाल माउन्टेन फ्लाइट सहित पोखरा, भैरहवा, जोमसोम र लुक्लामा उडान भर्दै आएको छ । सिम्रिकको तीनवटा जेट स्ट्रिम जहाज ग्राउन्डेड भएपछि मर्मत गर्नु भन्दा नयाँ जहाज भित्राउन लागेको हो । आधुनिक जहाजहरु भित्रिएसंगै हवाई यात्रुले सस्तो दरमा यात्रा गर्न पाउने तथा भिजिट नेपाल २०२०पनि सहयोग पुग्ने म्रिक एयरले जनाकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : १० बजे

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,