दक्षिण एसियाली खेलकुद– नेपालको पोल्टामा ८ स्वर्ण « Khabarhub

दक्षिण एसियाली खेलकुद– नेपालको पोल्टामा ८ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ८ पुगेको छ ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण संख्या ८ पुगेको हो ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वतीले ८.२५० अंक प्राप्त गरिन् । पार्वतीले स्वर्ण जित्दा श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गर्दै रतजमा चित्त बुझाउनु प¥यो ।

यस्तै, भारतकी हर्षा सिंहाले ८.०३० अंक प्राप्त गर्दै रजत हात पारिन् ।

यसअघि नेपालका लागि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले सिंगला काता र समूहगत कातामा गरी २ स्वर्ण दिलाएका हुन् ।

यस्तै, कमला तामाङले कराँतेको ५५ किलो उमेर समूहमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाए ।

यस्तै सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ३ : ०६ बजे

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

गण्डकी – मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको

लहानको उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा – यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था,

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ