प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– म बोल्न सक्ने भएको छु « Khabarhub

प्रधानमन्त्री ओलीले अस्पतालबाट भने– म बोल्न सक्ने भएको छु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् ।

केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लगमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् ।

‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको छ, म फेरि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचार हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस रोग सूचना दिएर नआउने र आफूलाई पनि अचानक देखिएको बताए ।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अचानक आइलाग्यो, त्यसमा इन्फेक्सन भएर र त्यो बाहिर पनि फैलिएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए, त्यसलाई निकालेर फल्दा सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएकाले त्यसलाई निकालेर फाल्न केही दिन, हप्ता १० दिनको उपचारको क्रम लाग्ने भयो ।’

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको उद्घाटन समाराेह पनि लाइभ हेरेको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : ५३ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित