कुनै बहानामा भेरी-बबई आयोजनामा अवरोध नगरौं : ऊर्जामन्त्री पुन | Khabarhub Khabarhub

कुनै बहानामा भेरी-बबई आयोजनामा अवरोध नगरौं : ऊर्जामन्त्री पुन


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध (ड्याम) तथा विद्युत गृह (पावरहाउस) निर्माण कार्य शुरु गरिएको छ ।

पहिलो चरण अन्तर्गत सुरुङ निर्माण सम्पन्न भएको साढे सात महिनापछि आयोजनाले दोस्रो चरणका बाँध तथा विद्युत् गृह निर्माण कार्यको सुरुवात भएको हो ।

आयोजनाको प्रवेशद्वार सुर्खेतको भेरीगङ्गा नगरपालिकाको चिप्लेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाँध र विद्युत् गृहको शिलान्यास गरे । प्रतिसेकेन्ड ४० घनमिटर भेरी नदीको पानीलाई १५ मिटर अग्लो ड्याम बनाई १२.२ किमी लामो सुरुङबाट बबईमा खसालेर बबई किनार हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यले बाँध र विद्युत् गृह निर्माणको काम थालनी गरिएको छ ।

बबईमा विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हेक्टर खेतीयोग्य जमीनमा सिँचाई सुविधा पुर्‍याउने उद्देश्यले सरकारले आयोजनाको दोस्रो चरण अर्थात् हेड बक्सको काम शुरु गरेको हो ।

सो अवसरमा मन्त्री पुनले भेरी बबई आयोजनाले कूल ग्राहस्थ उत्पादनको एक प्रतिशत योगदान दिने भएकाले यसलाई कुनै पनि बहानामा अवरोध नगर्न स्थानीयबासीसँग आग्रह गरे । आयोजनामा कर्णाली प्रदेश सरकार, स्थानीय सरकार तथा प्रभावित क्षेत्रका बासिन्दाको गरी ४५ प्रतिशत शेयर हुने हुँदा अवरोध कै कारण आयोजना धकेलिए लगानी डुब्ने खतरा रहेको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : २७ बजे

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

वासिङ्टन – पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने

आजको अर्थसंक्षेप : सरकारको बेरुजु १४ प्रतिशतले बढ्योदेखि नेप्सेकाे ओरालो यात्रासम्म

काठमाडाैं । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनअनुसार

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

बाँके – गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा