बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने क्षेत्रको मुआब्जा निर्धारण « Khabarhub

बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने क्षेत्रको मुआब्जा निर्धारण


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने बहुचर्चित मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता हुने मुआब्जा निर्धारण समितिले निकै लामो कसरतपछि यो मुआब्जा निर्धारण गरेको हो ।

विवादमा रहेको गोरखा र धादिङको ऐतिहासिक महत्त्व बोकको आरुघाट बजार र आर्खेत क्षेत्र तथा धादिङको खहरे बजार क्षेत्रको मुआब्जा सोमबार बिहान निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

धादिङसँगै गोरखाको बाँकी क्षेत्रको पनि मुआब्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको छ ।

आइतबार गरिएको निर्णयानुसार आरुघाट क्षेत्रको जग्गालाई नौ समूहमा वर्गीकरण गरिएको छ भने आर्खेत क्षेत्रको जग्गालाई दुई समूहमा वर्गीकरण गरिएको छ । मुख्य सडक मार्गमा पर्ने, सहायक सडक मार्गमा पर्ने, शाखा बाटोले छोएको, शाखा बाटो र मोटर बाटोले नछोएको, गोरेटो बाटोलगायतका पक्षलाई आधार मानेर मुआब्जा तोकिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

गुठीयार, मोही र सुकुम्बासीलाई शतप्रतिशत क्षतिपूर्तिका लागि निर्णय गर्न फाइल ऊर्जा मन्त्रालय पठाइएको बताउँदै प्रजिअ तामाङले घरको ह्रासकट्टीको निर्णय प्राप्त भएपछि यो मूल्य तोकिने बताए।

धादिङको खहरे क्षेत्रको दुई सय ४५ र आरुघाट, विशालनगरको ९१६ रोपनीसमेत जम्मा ११ सय ६१ जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी थियो । यस्तै गोरखाको आरुघाट क्षेत्रमा ५३७ र आर्खेत क्षेत्रमा ७२ रोपनी जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी थियो ।

बूढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपियाँ मुआब्जा वितरण भइसकेको छ ।

मुआब्जा निर्धारण भएपछि अब बजार क्षेत्रको करिब १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु हुने छ । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ३५ बजे

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री