बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने क्षेत्रको मुआब्जा निर्धारण « Khabarhub

बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने क्षेत्रको मुआब्जा निर्धारण


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने बहुचर्चित मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता हुने मुआब्जा निर्धारण समितिले निकै लामो कसरतपछि यो मुआब्जा निर्धारण गरेको हो ।

विवादमा रहेको गोरखा र धादिङको ऐतिहासिक महत्त्व बोकको आरुघाट बजार र आर्खेत क्षेत्र तथा धादिङको खहरे बजार क्षेत्रको मुआब्जा सोमबार बिहान निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

धादिङसँगै गोरखाको बाँकी क्षेत्रको पनि मुआब्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको छ ।

आइतबार गरिएको निर्णयानुसार आरुघाट क्षेत्रको जग्गालाई नौ समूहमा वर्गीकरण गरिएको छ भने आर्खेत क्षेत्रको जग्गालाई दुई समूहमा वर्गीकरण गरिएको छ । मुख्य सडक मार्गमा पर्ने, सहायक सडक मार्गमा पर्ने, शाखा बाटोले छोएको, शाखा बाटो र मोटर बाटोले नछोएको, गोरेटो बाटोलगायतका पक्षलाई आधार मानेर मुआब्जा तोकिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

गुठीयार, मोही र सुकुम्बासीलाई शतप्रतिशत क्षतिपूर्तिका लागि निर्णय गर्न फाइल ऊर्जा मन्त्रालय पठाइएको बताउँदै प्रजिअ तामाङले घरको ह्रासकट्टीको निर्णय प्राप्त भएपछि यो मूल्य तोकिने बताए।

धादिङको खहरे क्षेत्रको दुई सय ४५ र आरुघाट, विशालनगरको ९१६ रोपनीसमेत जम्मा ११ सय ६१ जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी थियो । यस्तै गोरखाको आरुघाट क्षेत्रमा ५३७ र आर्खेत क्षेत्रमा ७२ रोपनी जग्गाको मुआब्जा निर्धारण गर्न बाँकी थियो ।

बूढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपियाँ मुआब्जा वितरण भइसकेको छ ।

मुआब्जा निर्धारण भएपछि अब बजार क्षेत्रको करिब १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु हुने छ । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ३५ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले