आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना | Khabarhub Khabarhub

आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देशभर चिसो बढेको छ । बिहान र बेलुकाको समयमा दैनिक चिसो बढ्न थालेको छ । आज देशभरको मौसम सफा रहेपनि पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईमा बिहानी पख थोरै स्थानहरुमा कुहिरोको अवस्था रहे पनि त्यो विस्तारै हट्दै गएको छ ।

त्यस्तै मध्य तराईमा बिहानी पखको पातलो हुस्सुको अवस्था रहे पनि हटेर गएको छ । त्यस्तै पूर्वी तराई बिहानी पख कुहिरोको अवस्था रहे पनि त्यसपछि हटेर जानेछ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ :

मंसिर १७ गते (मंगलबार )

दिउँसो: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पुर्बी पहाडी भूभागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वि तथा मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १८ गते (बुधबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १९ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ५९ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।