अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह « Khabarhub

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) कार्यान्वयन गर्दै वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै वर्तमान सङ्कट समाधानको सबैभन्दा प्रभावकारी माध्यम भएको जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताए।

उनले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरे।

यसै साता अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी हितलाई लक्षित गर्दै जबाफी कारबाही गरिरहेको छ। दुवै पक्षबीचको सङ्घर्ष हर्मुज जलघाँटी केन्द्रित बन्दै गएको छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा प्रत्यक्ष प्रभाव पारेको छ।

विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मानिने हर्मुज जलघाँटीमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यसबाट द्वन्द्वमा प्रत्यक्ष संलग्न नरहेका मुलुकहरूमा समेत मुद्रास्फीति बढ्ने र आर्थिक दबाब सिर्जना हुने चिन्ता बढेको छ।

गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच प्रारम्भिक समझदारी भएको भए पनि पछिल्लो हिंसात्मक घटनाक्रमले त्यसको कार्यान्वयन प्रभावित बनेको छ। प्रवक्ता अन्द्राबीले वर्तमान अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले तत्काल कूटनीतिक पहल आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  २ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको