भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल | Khabarhub Khabarhub

भुटानविरुद्धको फुटबलमा नेपालले गर्‍यो चौथो गोल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्धको खेलमा नेपालले ४ गोल प्रहार गरेको छ ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा लगातारजसो ३ गोल प्रहार गरेको हो ।

खेलको शुरुवाती ५ औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट नेपालले अग्रता लिएको थियो ।

दोस्रो हाफ शुरु भएसँगै ४९ औं मिनेटमा पुनः सुजलले नै दोस्रो गोल गरे ।

यस्तै, ६५ औं मिनेटमा अभिशेक रिजालले तेस्रो गोल गरे भने ७६ औं मिनेटमा मिक्चेल तामाङले चौथो गोल गरे ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानसंग खेल्दैछ । भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारत नआउने भएपछि अन्तिम समयमा फुटबलको तालिका फेरिएको थियो । नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान समूहमा रहेका छन् ।

सबै टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ११ बजे

एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत– कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना

नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !

काठमाडाैं– नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट

निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक