टेबल टेनिसमा नेपाललाई २ पदक | Khabarhub Khabarhub

टेबल टेनिसमा नेपाललाई २ पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एीसयाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिस पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ ।

मंगलबार लैनचौरस्थित टेनिस कोर्टमा भएको फाइनलमा भारतसँग ३–० सेटमा पराजित भएपछि नेपालले रजतमै चित्त बुझाउनु परेको हो । भारतले स्वर्ण पदक जित्दा श्रीलंका र बंगलादेशले कास्य पदकमा चित्त बझाए ।

आजै भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ३–० सेटमा पराजित गरेको थियो भने अर्को सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई ३–० को सेटमा पराजित गरेको हो ।

यस्तै, महिला टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक उचालेको छ । महिला तर्फको फाइनलमा भारतले श्रीलंकालाई ३–० कै सेटमा पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंकाले रजत पदकमा चित्त बुझायो ।

यता, महिला तर्फ भने नेपाल ले कास्य पदक जितेको छ । सेमिफाइनलमा श्रीलंकासँग ३–० को सेटमा पराजित भएपछि नेपालले कास्यमा चित्त बुझाएको हो । यस्तै, अर्को सेमिफाइनलमा माल्दिभ्स भारतसँग ३–० कै सेटमा पराजित भएपछि कास्य पदक पाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ५६ बजे

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले