समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या | Khabarhub Khabarhub

समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ ।

पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए ।

‘अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ’, उनले भने, ‘तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।’ यसरी पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उनले बताए ।

किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्ने मात्रै हुने तर घरमा गएर पढ्ने अवस्था नहुने विद्यार्थीको भनाइ छ । दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको बताए ।

‘दृष्टिविहीन विद्यार्थीका पुस्तक समयमै नआउँदा पठनपाठनमा समस्या हुने गरेको छ’, उनले भने । खड्काका अनुसार दृष्टिविहीनका पुस्तक भदौ/असोजतिर मात्रै आउने हुँदा दृष्टिविहीनको कक्षा धेरै पछाडि हुने गरेको छ ।

त्यस्तै कक्षा १० भन्दा माथिका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकोसमेत उनले बताए । ‘१० कक्षाभन्दा माथिका विद्यार्थीका लागि पुस्तक छापिँदैनन्’, उनले भने, ‘त्यसले गर्दा पठनपाठनमा समस्या हुने गरेको छ ।’

विद्यार्थीले शिक्षकले पढाएको सुनेको आधारमा तथा अडियो सामग्रीका आधारमा पढ्ने गरेका छन्, त्यो पढाउँदासम्म मात्रै बुझ्ने र पछि फेरि दोहोर्‍याएर पढाइ नहुने हुँदा बिर्सिने समस्या हुने गरेको उनले बताए ।

साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिमा प्रश्नपत्र तयार हुनुपर्ने दृष्टिविहीन शिक्षक कुशल तामाङले बताए । तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी दृष्टिविहीन विद्यार्थीलाई छात्रावास सञ्चालन गरेर अध्यापन गराइएको छ ।

तुलसीपुरमा तीन र लमहीमा एकजना दृष्टिविहीन शिक्षक कार्यरत छन् । साथै दृष्टिविहीनका लागि सरकारले समयमै बजेट पनि उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ०३ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल