१३ औं साग : उसुका दीपकले दिलाए नेपाललाई २४ औं स्वर्ण « Khabarhub

१३ औं साग : उसुका दीपकले दिलाए नेपाललाई २४ औं स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले २४ औं स्वर्ण पदक जितेको छ ।

उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्दै नेपाललाई २४ औं स्वर्ण दिलाएका हुन् । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

यसअघि नेपालका लागि तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले २३ औं स्वर्ण पदक दिलाएका थिए । सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । यसअघि तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा नेपाललाई २२ औं स्वर्ण दिलाएकी थिइन् ।

काजलले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : १९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र