पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार « Khabarhub

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार नारायणसुन्दर किलम्बुलाई प्रदान गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले उनलाई पुरस्कार प्रदान गरे ।

भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै किलम्बूलाई १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता–पिताको सम्झनामा स्थापना गरेको सो पुरस्कार यसअघि पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सांसद श्रेष्ठले लोकतन्त्रमा आफ्नो जाताजाति, जात्रा, धर्म, पर्व, भाषा, संस्कृतिको संरक्षण र सम्वर्धन गर्न पाउनु संवैधानिक अधिकार भएको बताए ।

पुरस्कृत व्यक्तित्व किलम्बूले दुई दशकदेखि कान्तिपुर टेलिभिजनमा आफूले भक्तपुरलगायत उपत्यकाका पहिचानका रुपमा रहेका जात्रा, पर्व तथा भाषा, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

पुरस्कारका संस्थापक श्रेष्ठले पत्रकारिता क्षेत्रको महत्व उजागार गर्दै पत्रकारको योगदानको कदर गरी प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको जानकारी दिए ।

मध्यपुर नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, दबूका संस्थाक श्रीकृष्ण महर्जन, केन्द्रीय प्रतिनिधि सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, दबूका भक्तपुर अध्यक्ष रामगोपाल तमखु, चाणक्य कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले स्थानीय भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नेपालको पत्रकारिता क्षेत्रले पुर्‍याएकाे योगदानको चर्चा गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ११ : ४३ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र