प्रचण्डको अध्यक्षतामा पहिलो बैठक–उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन | Khabarhub Khabarhub

प्रचण्डको अध्यक्षतामा पहिलो बैठक–उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार विहान बसेको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्नेछ ।

सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।

आजको बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ ।

यही मङ्सिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि प्रचण्डको अध्यक्षतामा आज पहिलोपटक बैठक बसेको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ४९ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ