सडक विस्तारमा स्थानीको अवरोध, स्काभेटर चालकमाथि कुटपिट « Khabarhub

सडक विस्तारमा स्थानीको अवरोध, स्काभेटर चालकमाथि कुटपिट


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विस्तारको काम गरिरहेका एस्काभेटरका चालकलाई स्थानीयले कुटपिट गरेका छन् ।

स्थानीयको कुटपिटका कारण एस्काभेटरका चालक सन्तोष कोइरालाको हात भाँचिएको छ । कुटपिटबाट घाइते चालक मेडिसीटी अस्पताल लगिएको थियो । उनलाई थप उपचारका लागी बीएन्डबी अस्पताल लैजाने तयारी छ ।

ललितपुरको गोदावरीचौरबाट हरिसिद्धीतर्फ ३ किलोमिटर सडक खण्डकाम गरिरहेका बेला ठेकेदार लामा-समामान्तर जेभीका एक्स्काभेटर चालकमाथि स्थानीयले कुटपिट गरेका हुन् ।

सडक विस्तार पीडित संघर्ष समितिको नाममा आन्दोलनमा उत्रिएका स्थानीय कुटपिटमा उत्रिएपछि ठेकेदार कम्पनीले सुरक्षा माग गरेको छ ।

आएको समूहले एक्स्काभेटरसँगै चालकमाथि पनि ढुंगामुडा र कुटपिट गरेपछि विस्तारको काम रोकिएको छ । चालकमाथि संघातिक आक्रमण गरिएको भन्दै निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा मागेको छ ।

अवरोधकार कारण चार महिनामा सकने काम अझै नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

सरकारले २२ मिटरमा विस्तार गर्ने भनेको यो हरिसिद्धी-गोदावरी सडक स्थानीयको विरोधपछि १६ मिटरमात्रै विस्तार गर्ने निर्णय भएको छ । त्यसैअनुसार काम अघि बढाउँदा पनि स्थानीयले अवरोध सिर्जना गर्दा समस्या भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : २७ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले