निर्मला हत्या प्रकरण– दिल्ली विष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा « Khabarhub

निर्मला हत्या प्रकरण– दिल्ली विष्टसहित ८ जनाविरुद्ध मुद्दा दर्ता, ६ जना प्रहरी नियन्त्रणमा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गर्ने र पीडित परिवारलाई यातना दिएको आरोप लागेका प्रहरी कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (पदबाट बर्खास्त एसपी) दिल्ली विष्टसहित ८ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको हो ।

निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाई खड्ग विस्टको जाहेरीले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरले दालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन एसपी विष्टसहित जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, जिप्रका कञ्चनपुरका इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध अनुसन्धानका क्रममा यातना दिएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुघ प्रमाण नस्ट गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

६ जनालाई हिरासतमा लिएर अनुसन्धान

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टरहरु एकेन्द्र खड्का र जददिश भट्ट, सईहरु हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चादनी साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मुद्दा दर्ता गरिएसँगै उनीहरुलाई बुधवार अदालतमा समेत उपस्थित गराइएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन एसपी विष्ट र सिआईबीका तत्कालीन डिएसपी जिसी भने ‘फरार’ रहेका जनाइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ११ : १५ बजे

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी