तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा | Khabarhub Khabarhub

तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ । नेपाल एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि नेपाल एयरलाइन्सले पछिल्ला २० वर्षमा एयरलाइन्स सेफ्टी रेकर्डमा उल्लेख्य मात्रामा सुधार गरेको पनि फोर्ब्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

नेपालकै अर्को विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट (विमानहरु)ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ८ : ३६ बजे

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

बोगोटा- कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका