गाउँलेको हत्या गरेर फरार रहेका सुकबहादुर ७ वर्षपछि पक्राउ « Khabarhub

गाउँलेको हत्या गरेर फरार रहेका सुकबहादुर ७ वर्षपछि पक्राउ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

९ साउन २०६८ मा आफ्नै गाउँका रामबहादुर परियारको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका परियारलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सोही ठाउँ बस्ने भारु भन्ने भारती परियारको योजनामा सुकबहादुर परियार र मङ्गलबहादुर दमैले दुलेगौँडा र ढोरफिर्दी जोड्ने सेती नदीको पुलबाट धकेली रामबहादुरको हत्या गरेको अभियोगमा परियार प्रहरीको फरार सूचीमा थिए ।

पक्राउ परेका निजलाई बुधबार नै तनहुँ जिल्ला अदालतमा कारवाहीको लागि पेश गरिएको प्रहरीले जनाएको छ । सोही वारदातमा संलग्न रहेका प्रतिवादी भारु भन्ने भारती परियार र मङ्गलबहादुर दमै माघ २४ गते तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ०७ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा