३६ विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण हुँदै | Khabarhub Khabarhub

३६ विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण हुँदै


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा ‘रिद्धिसिद्धी सिमेन्ट दशौं एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण गर्ने भएको छ ।

महासंघले राजधानीमा पत्रकार सम्मेलन गरेर यही शुक्रबार आयोजना हुने अवार्ड कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ ।

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघसंस्था तथा फर्म र कम्पनीहरुलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घिसिद्घी सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो ।

अवार्ड वितरणका लागि प्राविधिक विज्ञ प्रा.डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ । उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क, ख, ग र घ वर्ग) को मूल्याङ्कनका आधारमा स्वर्ण, रजत र कास्य गरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुनेछन् ।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार बिहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ४० बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ