वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो « Khabarhub

वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भित्रिने वैदेशिक साहायत गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५६.४८ प्रतिशतले घटेको छ ।

चालू आर्थिक बषको पहिलो तीन महिनामा नेपाल भित्रने वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब ६८ करोड रुपैयाँमात्र रहेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो प्रतिवद्धता २७ अर्ब ७६ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको तीन महिने आर्थिक समीक्षाअनुसार आर्थिक वर्ष सुरु भएको तीन महिनामा वैदेशिक ऋण सहायता ६२.६ प्रतिशतले नै घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण सहायता २१ प्रतिशत रहेको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता ८३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार यसवर्ष वैदेशिक सहायतामध्ये अनुदानको हिस्सा ६२.६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदानको हिस्सा ७८.८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो हिस्सा जम्मा १६.२ प्रतिशतमात्र थियो ।

अर्थ मन्त्रालयले जारी गरेको तीन महिने आर्थिक समीक्षाअनुसार आर्थिक वर्ष सुरु भएको तीन महिनामा वैदेशिक ऋण सहायता ६२.६ प्रतिशतले नै घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण सहायता २१ प्रतिशत रहेको छ ।

तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता ८३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको असोज महिनामा भूकम्प प्रभावित क्षेत्रमा घरहरुको पुनर्निर्माण र शिक्षा तथा स्वास्थ सुविधा पुर्याउने परियोजनाको लागि ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्ष ऋण सहायता बढेको थियो तर यस वर्ष भने अनुदान बढेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १ : ४२ बजे

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर