विदेश अध्ययन गर्ने जाने नेपाली विद्यार्थीलाई बीमामा नयाँ नियम « Khabarhub

विदेश अध्ययन गर्ने जाने नेपाली विद्यार्थीलाई बीमामा नयाँ नियम


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अध्ययनका लागि विदेश जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नियम लागु भएको छ । राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडाइ गर्दै नयाँ नीति ल्याएको हो ।

बीमाबाट जाने रकम धेरै भएको विभिन्न माध्यमले कमिशन बढी लिएका कारण कडाई गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बिमा कम्पनीको कागजात अनिवार्य गरेको छ ।

अब बीदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बिमा गर्नुपर्नेछ । सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बिमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा जनाइएको छ ।

यो व्यवस्थाले सिधै विदेशी शैक्षिक संस्थामा बिमा शुल्क ट्रान्सफर गर्न पाईदैन । यहाँस्थित शैक्षिक संस्थाले नै बिमा गरिदिने यस अघिको अबस्था अब परिवर्तन भएको छ ।
विदेशका नेपाली एजेन्टमार्फत बिमा गर्दा सस्तो पनि पर्ने र कमिसनको पैसा नेपालमै बस्ने भएकाले यो नीति लागु गरिएको राष्ट्र बैंकको भनाई छ । सम्बन्धित शैक्षिक संस्था वा सरकारी निकायको कागजातका आधारमा बिमा शुल्कबापतको सटही सुविधा दिने यसअघिको व्यवस्थालाई केन्द्रीय बैंकले संशोधन गरेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : १० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि