अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव | Khabarhub Khabarhub

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रेस्टुरा एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा यही १२ देखि १६ पुससम्म २१औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षको अवसरमा गरिने महोत्सवलाई यस वर्ष पनि भव्यतासाथ सम्पन्न गर्ने गरी तयारी गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम संख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए ।

रेवानका सल्लाहकार गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव यहाँको पहिचानजस्तै बनेको बताउँदै यसलाई सरकारी तवरबाटै राष्ट्रिय महोत्सवका रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेकामा यस महोत्सवले लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताए ।

महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : २० बजे

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’

बेनी–दरवाङ सडक सञ्चालनमा

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत