प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगे उपराष्ट्रपति पुन « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगे उपराष्ट्रपति पुन


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्द बहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

उपराष्ट्रपति पुन शुक्रवार विहान ‍९ बजे बालुवाटार पुगेका हुन् । उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीसँग भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने स्वास्थ्य लाभको कामना गरेका थिए ।

विहीवार अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेकाले उनले निवासमै पुग्नेहरुसँग भेटघाट तथा कुराकानी गरीरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै छ, आज बिहान उपराष्ट्रपतिज्यू पनि आउनु भएको थियो, निवासमा आउनेहरुसँग भेटघाट, कुराकानी भइरहेको छ,’ प्रेस सल्लाहकार थापाले भने, ‘तर भेटघाटहरुलाई कन्ट्रोल नै गरिएको छ ।’

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रियापछि १० दिन आइसियुमा रहेका प्रधानमन्त्री ओलीको हिजो ( बिहीबार) डिस्चार्ज गरिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका समेत बिरामी भएकाले चिकित्सकले अझै केही दिन आराम गरेर बस्न सुझाव दिएका थिए ।

प्रधामन्त्री ओलीलाई बालुवाटारमा पनि उनका निजी चिकित्सक दिव्यसिंह साह सहितको चिकित्सकको टोलीले निगरानीमा राखेका छन् ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले पुनः काम गर्न छाडेको छ । जसको कारण उनको नियमीत डायलाइसिस समेत भइरहेको छ ।

नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीलाई धेरै भेटघाटले संक्रमण हुने खतरा रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ४१ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्ण कानुनी अधिकार दिन सांसदको जोड

काठमाडौं– सांसदहरूले न्याय निरूपणमा विश्वसनीय परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान

वैदेशिक रोजगारीमा लाखौँ ठगी : पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी