जिब्रो पोल्दा यसरी गर्नुस् घरमै उपचार « Khabarhub

जिब्रो पोल्दा यसरी गर्नुस् घरमै उपचार


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तातो चिया, पानी वा खानेकुरा खाँदा जिब्रो पोल्ने समस्यामा पर्नु सामान्य कुरा हो ।

धेरैले हतारहतारमा तातो खानेकुरा वा पेय पदार्थ खाँदा जिब्रो पोल्ने समस्या भोगेका हुन्छन् ।

यदी जिब्रो पोल्यो भने के गर्ने कसो गर्ने चिकित्सककहाँ जाने वा नजाने द्विविधामा पर्नु भएको छ भने यसको घरमै पनि उपचार गर्न सकिन्छ ।

त्यसका लागि यी हुन् घरायसी उपाय

१ . बेकिङ सोडा : बेकिङ सोडाले पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो पोल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु पर्छ जसले पोलेको दुखाई कम गर्न मद्दत गर्छ ।

२. आइस क्युब : यदि जिब्रो पोल्यो भने आइस क्युबलाई झोल बनाएर मुखमा लगाएर केही बेर चुस्ने गर्नुपर्छ ।

३. चुइगम : चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।

४. दही : जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

५. मह : एक चम्चा मह जिब्रोमा राख्ने । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।

६. घ्यूकुमारी : घ्यूकुमारी एक प्राकृतिक जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन मद्दत गर्छ । यसलाई जिब्रोमा आइस क्युबसँग मिलाएर लगाउँदा पनि फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : १३ बजे

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको