साग क्रिकेट– नेपालद्वारा माल्दिभ्स पराजित « Khabarhub

साग क्रिकेट– नेपालद्वारा माल्दिभ्स पराजित


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

शुक्रवार कीर्तिपुर क्रिकेट मैदान भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटिएको थियो । यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

यसअघि नेपाल श्रीलंकासँग पारजित भएको थियो भने भुटानमाथि जित हात पारेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : १२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु