साग क्रिकेट– नेपालद्वारा माल्दिभ्स पराजित « Khabarhub

साग क्रिकेट– नेपालद्वारा माल्दिभ्स पराजित


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

शुक्रवार कीर्तिपुर क्रिकेट मैदान भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटिएको थियो । यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

यसअघि नेपाल श्रीलंकासँग पारजित भएको थियो भने भुटानमाथि जित हात पारेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : १२ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट