लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । उनका अनुसार उक्त घटना विहान ७ बजेतिर भएको हो । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : १० बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष