लमजुङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, रुखमा अड्किएको गाडी खोलामा खस्यो « Khabarhub

लमजुङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, रुखमा अड्किएको गाडी खोलामा खस्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार बिहान बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सडकबाट पाउँदी खोलामा खस्दा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कही यात्रु हराइरहेको आश‌का खोजी कार्य भइरहेको डीएसपी रबिन्द्रमान गुरुङले बताए । दुर्घटना क्षेत्र लमजुङ र तनहुँ सीमाक्षेत्रमा पर्छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार गरेका थिए ।

४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । १ जनाको अवस्था सामान्य छ । बसमा १२ देखि १४ जना जना रहेको हुनसक्ने प्रहरीले बताएको छ ।

बस ओरालोमा रोकेर चालक र सहचालक यात्रु खोज्न निस्किएको बेलामा बस गुडेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट गुडेको बस खसेर रुखमा अड्किएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ३८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको