खाल्डाखुल्डी तत्काल पुर्न यातायात मन्त्री नेम्माङको निर्देशन « Khabarhub

खाल्डाखुल्डी तत्काल पुर्न यातायात मन्त्री नेम्माङको निर्देशन


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् ।

आइतवार सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले मुख्य राजमार्गको आवागमन सहज बनाउन खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिए । उनले राजधानी जोड्ने मुख्य सडक भएकाले जिम्मेवारपूर्वक तीव्र गतिमा काम गर्नुपर्ने बताए ।

उनले भने, “सबै जिम्मेवार भएर लागे कामले गति लिन्छ, तपाईहरु आफैँ सक्षम हुनुहुन्छ, यतिमात्रै हो, जिम्मेवारीलाई गहनपूर्वक लिनुपर्‍यो ।” मन्त्री नेम्वाङले सबै कर्मचारी अग्रसर भएर काम गर्नुपर्छ भन्ने भावनाबाट अघि बढ्नुपर्ने बताए ।

“पछिल्लो समय सडकका काम कारवाहीप्रति प्रश्न चिह्न उठ्ने गरेको छ”, उनले भने’ “अबका दिनमा यस्तो अवस्था नआओस् ।” उनले काममा निर्धक्क भएर खटिए हरेक योजना तोकेको समयभन्दा अगावै सम्पन्न हुने धारणा राखे। “काम गर्दै जाँदा जटिलता आउन सक्छन्, सानातिना कुरामा नीति पर्खने होइन, आम जनतालाई साक्षी राखेर काम गर्नुहोस्”, उनले भने ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको चितवन र धादिङ खण्ड मर्मतको काम डिभिजन सडक कार्यालय भरतपुरबाट हुने गरेको छ । पृथ्वी राजमार्गको ८२ किलोमिटर र त्रिभुवन राजपथको ४२ किलोमिटर सडकमा नियमित मर्मत भइरहेको छ । मोफसललाई काठमाडौँ जोड्ने मुख्य यो सडक विस्तारको प्रक्रिया पनि अघि बढेको छ ।

सो क्रममा मन्त्री लामाले भरतपुरको बाइपास सडकको समेत निरीक्षण गरे । यस्तै मन्त्री नेम्वाङले नारायणगढ–मुग्लिन सडक, पृथ्वीराजमार्ग र त्रिभुवन राजपथकोसमेत निरीक्षण गरे । डिभिजन प्रमुख कृष्णराज अधिकारीले कार्यालयको प्रगति विवरणबारे जानकारी गराए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : २० बजे

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले