क्यान मेलामा नौला प्रविधिप्रति आकर्षण « Khabarhub

क्यान मेलामा नौला प्रविधिप्रति आकर्षण


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासङ्घकी उपाध्यक्ष सुनैना घिमिरेले बताइन् । मेलामा दूरदराजमा ड्रोन प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषि क्षेत्रमा प्रविधिको प्रयोग व्यवहारिक रूपमै देखाइएको छ ।

“ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यवहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौँ”, उनले भनिन्, “त्यसकारण पनि क्यान इन्फोटेक २०१९ विगतको भन्दा भिन्न छ ।”

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ इसेवा’ नाम दिइएको उक्त मेलामा सूचना तथा सञ्चार क्षेत्रको नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविविध प्रदर्शनीमा राखिएका छन् ।

क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए । “यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ । इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ”,उनले भने ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  १ : ५५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई