कोहलपुर तनाव– आज शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए फेरि कर्फ्यू « Khabarhub

कोहलपुर तनाव– आज शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए फेरि कर्फ्यू


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके—बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय सोमबार बन्द छन् ।

प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले भने अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको छ । फेरि पनि प्रदर्शन भए कर्फ्यू लाग्ने छ ।

कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ५२ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं