यसरी गर्नुहोस् टनसिलको उपचार « Khabarhub

यसरी गर्नुहोस् टनसिलको उपचार


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जिब्रोको भित्री भाग तथा गलाको माथिल्लो सतहमा दुई गाँठा हुन्छन्, जसलाई बोलीचालीको भाषामा टनसिल भनिन्छ । यो संवेदनशील अंग प्रायः चिसोले सुन्निने गर्छ । तसर्थ, टनसिलको समस्या प्रायः चिसो मौसममा देखिने गर्छ ।

टनसिल सुन्निएको अवस्थामा खानपिनमा समस्या हुने मात्र होइन, दुखाईले थुक निल्न पनि कठिन हुने गर्छ । यस्तो अवस्थामा कसरी हेरचाह गर्न सकिन्छ भन्ने कुरा आजको टिप्समा प्रस्तुत गरेका छौं ।

टनसिलको लक्षण
– घाँटीमा खसखस हुने ।
– खाना, र्याल, रस, थुकसमेत निल्न गाह्रो हुने ।
– बोल्दा कठिनाइ अनुभव हुने ।

टनसिलका लागि योग

टनसिलबाट जोगिन उष्ट्रासन, ताडासन, पश्चिमोत्तासन, जालन्धरबन्ध उज्जासी प्राणायाम आदि योग गर्न सकिन्छ ।

टनसिलको जडीबुटी उपचार

– मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने ।
– तुलसी तथा खयरको बोक्रा लशून, असुरो, भृंगराजको चिया नुनसँग दिनको ३–४ पटक पिउने ।
– खयरको बोक्रा चुस्ने ।

टनसिलको प्राकृतिक उपचार

– कुलकुल तथा कुञ्जल क्रिया गर्ने
– एनिमा तथा बाफ लिने ।
– घाँटीमा तातो पट्टि लिने ।
– जीवनशैली परिवर्तन गर्ने । जस्तै, चुरोट, तमाखु, गाँजाजस्ता धूमजन्य पदार्थको सेवन छोड्ने । बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : २८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै