१३ औं साग भव्य रुपमा सम्पन्न, १४ औं का लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण [तस्वीरहरु] « Khabarhub

१३ औं साग भव्य रुपमा सम्पन्न, १४ औं का लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण [तस्वीरहरु]


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यरुपमा सम्पन्न भएको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

१३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोस्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारत पहिलो बनेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश सिलवालले सम्बोधन गरेका थिए ।

२०७२ सालको भूकम्पपछि पुनर्निमाण भएको दशरथ रंगशालामा खेलकुदहरु आयोजना गर्न सफल भएकोमा उनीहरुले खुशी व्यक्त गरे ।

दक्षिण एसियाली ओलम्पि परिषदको सोमबार बसेको बैठकले आगामी १४ औं साग पाकिस्तानमा गर्ने निर्णय बमोजिम नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा आतिसबाजी समेत गरिएको थियो ।

तस्वीरमा हेर्नुहोस् सागको रौनक:

सबै तस्वीर: अदिप श्रेष्ठ/खबरहब

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ६ : ५७ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको