नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ « Khabarhub

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।

पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ ।

उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ४१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष