हुवावेले अमेरिकाविरुद्ध मुद्दा हाल्यो « Khabarhub

हुवावेले अमेरिकाविरुद्ध मुद्दा हाल्यो


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– चीनको प्राविधिक उपकरण निर्माता तथा दूरसञ्चार सेवा प्रदायक कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकामा बेच्न सिमित पार्ने अमेरिकी कानून असंवैधानिक रहेको भन्दै खारेज गर्न माग गरेको छ ।

हुवावेले अमेरिकाको टेक्सास राज्यको प्लानो जिल्लामा रहेको जिल्ला अदालतमा अमेरिकाको नेशन डिफेन्स अथोराइजेशन एक्टको धारा ८८९ विरुद्ध मुद्दा दायर गरेको हो ।

गत अगष्ट महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षार गरी कानूनी मान्यता दिएको यस धारा अनुसार अमेरिकी संघीय निकाय तथा संघीय निकायका ठेकेदारहरुले हुवावेका उपकरण प्रयोग गर्न तथा सेवा लिन नपाउने प्रावधान छ ।

अदालतमा मुद्दा दायर गर्ने हुवावेको कदमलाई चीन र अमेरिकाबीच व्यापारिक खिचातानीको पछिल्लो घटनाका रुपमा लिइएको छ ।क्यानाडामा पक्राउ परेकी हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झोउलाई क्यानाडाले अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु गरेपछि चीन र अमेरिकाबीच कुटनीतिक तनाव पनि बढेको बताइन्छ ।

त्यसबाहेक अमेरिकाले चीनबाट आयात हुने सामानमा भन्सार महशुल बढाउने तर्फ पनि ध्यान दिइरहेको अमेरिकी सञ्चार माध्यमले जनाएका हुन् । चीन सरकारका लागि अमेरिकामा आफ्ना उपकरणमार्फत् हुवावेले जासुसी गरिरहेको अमेरिकाले बताउने गरेको छ । तर, हुवावेले भने आफूले त्यस्तो केही गरिरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ५७ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक