अदालतका कतिपय फैसला र आदेश अनुकरणीयः प्रधानन्यायाधीश « Khabarhub

अदालतका कतिपय फैसला र आदेश अनुकरणीयः प्रधानन्यायाधीश


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतको कतिपय फैसला र आदेश अनुकरणयोग्य भएको बताएका छन् ।

नेपाल बार एसोसिएशनले मंगलबार बुटवलमा आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा उनले वैयक्तिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, पिछडिएको समुदाय र अल्पसङ्ख्यकका विषयमा भएका फैसला वा आदेश अनुकरणीय भएको बताए ।

प्रधानन्यायाधीश जबराले सामाजिक विकृतिका रुपमा रहेको बोक्सी, छाउपडी प्रथालगायतका विषयमा पनि अदालतको आदेश भएको उल्लेख गर्नुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अपरिहार्य भएकामा जोड दिँदै कानून व्यवसायी र अदालतबिना न्यायपालिका अघि बढ्न नसक्ने बताए ।

प्रधानन्यायाधीश जबराले भने, “स्वतन्त्र, निष्पक्ष र सुदृढ न्यायपालिकाबाट मात्रै कानूनको सशक्त पालना हुन्छ ।” उनले आफ्नो कार्यकालमा अहिलेसम्म न्यायाधीशको विषयमा उजुरी नपरेको स्पष्ट गरे ।

सो अवसरमा उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आवश्यक छलफल र परामर्श गरेर संविधान पुनरावलोकनका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्ने बेला भएको बताए ।

उनले विज्ञ समूहको प्रतिवेदनका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै विगतका केही वर्षदेखि न्यायाधीश नियुक्तिमा राजनीतिक रङ दिइएकाले अदालतप्रति अनास्था बढेको बताए ।

उपप्रधानमन्त्री यादवले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरे सक्षम र स्वतन्त्र न्यायपालिका निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने, “न्याय प्रणाली एकात्मक भएकाले प्रदेशसँगको सहकार्य आवश्यक भएको छ ।” भोलिसम्म जारी रहने सम्मेलनमा सहभागी हुन देशभरबाट करीब ६०० कानून व्यवसायी बुटवल आएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ०० बजे

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै फर्किन सक्ने

काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई