बालबालिकाको दुधे दाँत क्यान्सर र मुटु सम्बन्धी रोगको दबाई ! « Khabarhub

बालबालिकाको दुधे दाँत क्यान्सर र मुटु सम्बन्धी रोगको दबाई !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बालबालिकाको दुधे दाँत पनि काम लाग्न सक्छ भन्ने कुरा तपाईलाई पत्यार नलाग्न सक्छ । प्राय मानिसहरुले बालबालिकाको दूधे दात झर्ने वित्तिकै फाल्ने गर्छन् ।

एक अध्ययनले दूधे दात भविष्यमा काम लाग्ने, जटिल रोगको दबाईका रुपमा उपयोग हुने देखाएको छ । अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको हो । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रोगको उपचार हुन सक्ने देखाएको हो ।

अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले खराब भएका हुँदैनन् ।

दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ । बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन ।

दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक चरण रहेको छ । तर भविष्यमा यसको मदतले क्यान्सरको उपचारका साथै हृदयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा पाइने स्टेम सेलले हाडको, आँखाको तन्तु निर्माण गर्न सक्छ । यो स्टेम सेल १० वर्षको बच्चाको दाँतबाट पाइन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ०६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज