भ्रमण वर्षमा सघाउने विदेशी एयरलाइन्स कम्पनीको प्रतिवद्धता « Khabarhub

भ्रमण वर्षमा सघाउने विदेशी एयरलाइन्स कम्पनीको प्रतिवद्धता


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको बताएका हुन् ।

सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको सङ्गठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको पर्यटन मन्त्रालयले जनाएको छ ।

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे विदेशी एयरलाइन्सहरूलाई जानकारी गराउँदै विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुमा भम्रण वर्षको विशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए । उनले नेपाल आउने पर्यटकरुका निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे ।

मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रदर्शनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्षका बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखिदिन आग्रह गरेका थिए ।

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए । बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का अध्यक्ष टङ्कनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए ।

बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : २२ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका